गुलरियामा मनाईयो राष्ट्रिय झण्डा दिवस
शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २ / गुलरियामा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । बास नेपाल बर्दिया शाखाको आयोजनामा शुक्रबार राष्ट्रिय झण्डा दिवस मनाईएको हो । नयाँ बर्ष २०८० सालको पावन अवसरमा हार्दिक शुभकामना सहित गुलरियाको राधाकृष्ण चोक देखि प्रभातफेरी निकाली गणेशमान चोकमा पुगि कोणसभा गरि दिवस मनाएको छ ।

कोणसभामा बास नेपालका पुर्व केन्द्रिय सदस्य एवम् गुलरिया नगरकार्यपालिका सदस्य नैन सुनारले राष्ट्र र राष्ट्रियता मजबुत बनाउनको लागि राष्ट्रिय झण्डा दिवस मनाउन जरुरी रहेको बताउदै आउदा दिनमा हजारौको संख्यामा सहभागि बनाई कार्यक्रमलाई वृहत बनाउदै लैजानुपर्ने बताए ।

बास नेपालका केन्द्रिय महासचिव खुमेश सुबेदीले राष्ट्रिय झण्डा दिवसले विभिन्न बिचारले छरिएर रहेका समुदायलाई एउटै ठाँउमा ल्याई एकताको भाव स्थापित गराउन लागि पनि यो दिवसको महत्व रहेको बताउदै राष्ट्रले सार्वजनिक गर्ने बार्षिक पात्रोमा विभिन्न दिवस राखेको भएतापनि राष्ट्रिय झण्डा दिवस भनेर नराखेकोले राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउनको लागि र हामि सबै नेपालि एक हौ भन्ने भावनाको स्थापित गराउनको लागि पनि सरकारको बार्षिक पात्रोमा यस दिवसलाई स्थान दिनुपर्ने भन्दै ध्यानाकर्षण गराउन खोजेको बताए ।

साथै सुबेदीले देशका ७७ वटै जिल्ला शाखाहरुलाई र्सकुलर गरि राष्ट्रिय झण्डा दिवस मनाउनको लागि आवह्वान गरेको बताए । सोहि अनुरुप देशका विभिन्न जिल्लाहरुमा दिवस मनाईरहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै बास नेपाल बर्दिया शाखा अध्यक्ष राज थारुले आगामि दिनमा यस दिवसलाई अझै वृहत बनाउनको लागि बिभिन्न निकायहरु संग समन्वय गर्ने र हजारौको संख्यामा सहभागि बनाउन प्रयास गर्ने बताउदै, कार्यक्रममा सहभागि सबैमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय