बर्दिया, बैशाख ३ (फरकसमाचार) / बर्दिया अस्पतालका वरिष्ठ कन्सल्टेण्ट मेडिकल जर्नलिस्ट सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख धु्रबराज गौतम विभूषित भएका छन् ।
डा. पाण्डेय र गौतम प्रवल जनसेवाश्री पदकबाट शुक्रबार विभूषित भएका छन् । राष्ट्रपतिबाट गत असोज ३ गते संविधान दिवसको अवसरमा विभूषण प्रदान गर्ने घोषणा भए बमोजिम विभूषण अधिकारपत्र प्रदान गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा डा.पाण्डेय र गौतमलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण अधिकारपत्रले विभूषित गरेका छन् ।
वरिष्ठ मेसु डा.पाण्डेयको नेतृत्वको टिमले बर्दिया अस्पतालबाट उत्कृष्ट सेवा दिईरहेको छ भने गौतमको नेतृत्वको टिमले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रभावकारी सेवा दिईरहेको छ ।
नेपाल राष्ट्रको गौरव एवंम नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याए वापत सम्मानस्वरुप डा.पाण्डेय र प्रमुख गौतमलाई प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ ।