एकीकृत समाजवादीले राज्यमन्त्रीमा चपाईंलाई पठाउने
आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

काठमाडौँ, बैशाख ०३ / नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ । ‘हाम्रो पार्टीको भागमा परेको भौतिक मन्त्रालयमा राज्यमन्त्री पनि पठाउने कुरा भएको छ । आजै नन्दाजीले शपथ लिने तयारी छ’, एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाको भनाइ छ ।

आजै नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्रीका रूपमा शपथ खाँदै छन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय