बेवारिसे अवस्थामा राखिएको सुर्ती बरामद
सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

बर्दिया, बैशाख ४ (फरकसमाचार) / भारतबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सुर्ती प्रहरीले बरामद गरेको छ ।

बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित सडक बाटोको छेउमा बेवारिसे अवस्थामा थुपारिएको सुर्ती बरामद गरेको हो ।

भारतबाट भन्सार छली अबैध रुपमा ल्याई सडकको छेउमा बेवारिसे अवस्थामा राखिएको प्रहरीको अनुमान छ । मुल्य रु ६५ हजार बराबरको १० बोरा सुर्ती प्रहरीले बरामद गरेको छ । बरामद सुर्ती कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय