बर्दिया, बैशाख ४ (फरकसमाचार) / टिप्परले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ८ का ७० वर्षिय लाल बहादुर भाटको सोमबार दिउँसो मृत्यु भएको हो । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ८ स्थित भाटलाई टिप्परले ठक्कर दिएको हो ।
ढोढरीबाट गुलरिया तर्फ आउँदै गरेको टिप्परले ठक्कर दिदाँ घटनास्थलमै पैदलयात्री भाटको ज्यान गएको प्रहरीले जनाएको छ । ३० वर्षिय रामचन्द्र थारुले चलाएको भे १ क १८१४ नंम्बरको टिप्परले ठक्कर दिदाँ भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘प्रहरीले तत्काल टिप्पर र चालकलाई नियन्त्रणमा लिईसकेको छ’ डिएसपी बोहराले भने, ‘घटना घट्दा चालकले मापसे नगरेको अवस्था देखिएको छ ।’
पछिल्लो समयमा सडकमा टिप्परको आतंक बढ्दै गएको छ । सडकमा तिव्र गतिमा टिप्पर चलाउँदा बढी दुर्घटना भईरहेको व्यापक जनगुनासो छ । टिप्परका चालकले सानातिना गाडीलाई सडकमा साइड पनि नदिएर हुईकि¥याउने गरेको एक स्थानीयले बताए ।
‘टिप्परका चालकले एकलौटी सडक कब्जा गरि हाक्ने गरेका छन्’ उनले भने,‘सडकमा टिप्परको आतंक घटाउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ ट्रिपको अनुसार बढी भत्ता कमाउने चक्करमा चालकले तिव्र गतिमा टिप्पर हाक्ने गरेको बुझिएको छ ।