आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया, बैशाख ६ (फरकसमाचार) / महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन महिने सिलाई कटाई तालिम दिईएको छ । मधुबन नगरपालिकाको सहयोगमा वडा नंम्बर २ का १६ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिम दिईएको हो । गत माघ १६ गते देखि संचालन भएको तीन महिने तालिम मंगलबार सकिएको छ ।

मधुबन नगरपालिका–२ का वडा अध्यक्ष आशाराम चौधरिको अध्यक्षतामा मंगलबार आयोजित तालिमको समापन समारोह सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै सिकाईक्रम जिन्दगी भरि चलिरहने मधुबन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले बताईन् । तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने पु¥याउनेछ । तालिमका सहभागिहरुको हौसला बढाउदै जाँगर र इच्छा शक्ति भए वडा र स्थानिय सरकार सधै साथमा हुने उप–प्रमुख चौधरीले विश्वास दिलाईन् ।

तालिम लिएर दक्ष भैसकेपछि यसलाई कार्यान्वयन गर्ने सहभागिहरुको जिम्मा भएको मधुबन नगरपालिका –२ का वडा अध्यक्ष आशाराम चौधरिले बताए । भबिष्यमा आत्मनिर्भर बन्छु, घरपरिवारलाई सहयोग गर्छु भन्ने उदेश्यले तालिम लिएकाहरुले अब यसलाई ब्यवहारमा उतार्नु पर्ने उनले सुनाए ।

गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्र्तगत ३ महिने सिलाई कटाई तालिममा १६ जना महिलाको सहभागिता रहेको थियो ।
तालिम लिएर अब भबिष्यमा केही गर्छु भन्ने आट आएको सहभागिहरुले बताएका छन् । तालिम समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र, सिलाई मेसिनलगायत आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय