मृतकको परिवारलाई बीमा दावीको रकम भुक्तानी
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, बैशाख ६ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई बीमा दाबीको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सको गुलरिया शाखाले बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

बढैयाताल गाउँपालिका–३ का बिमित स्वर्गीय उषा पौडेलको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत पाच लाख बिमांक रकम र काजकिरिया खर्च पचास हजार वापतको रकम गरि कुुल रु ५ लाख ५४ हजार ९ सय २३ रुपैयाँ भुक्तानी गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुलरिया शाखाकी शाखा प्रमुख सुमित्रा सुवेदीले जानकारी दिईन् ।

कम्पनीले स्व.बीमित पौडेलकी आमा गोमा उपाध्याय पौडेललाई घरमै पुगेर गुलरिया शाखाकी प्रमुख सुवेदीसहित शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमा वापतको भुक्तानी हस्तान्तरण गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय