बाल बिवाह अन्त्यका लागि बढैयातालद्वारा ६ बँुदे घोषणा पत्र जारी
शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, बैशाख ८/ बढैयाताल गाउँपालिकाले बाल बिवाह अन्त्यका लागि ६ बुंदे घोषणा पत्र जारी गरेको छ । बढैयाताल गाउँपालिकाले सन २०२५ सम्ममा बाल बिवाह मुक्त पालिका बनाउने लक्ष्यलाई पुरा गर्न बिभिन्न संघ सस्थासंग साझेदारी गर्दै अभियानलाई तिब्र पार्ने क्रममा बिहीबार घोषणा पत्र जारी गरिएको हो ।

बाके यूनेस्को क्लबले प्लान नेपालको सहयोगमा बाल विवाह चाडैहुन, जवरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्र्तगत आयोजना गरेको अन्तरधार्मिक सञ्जालको क्षमता बिकास र धार्मिक संजाल तथा ब्यबस्थापन कार्यबिधि सम्बन्धी कार्यशाला गोष्ठिमा उक्त घोषणा पत्र जारी गरिएको छ ।

यूनेस्कोको परिकल्पना, बिकासद्धारा मानब मस्तिष्कमा शान्तिको स्थापना भन्ने मुल सन्देशका साथ आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष हिमालय त्रिपाठीद्धारा हस्ताक्षरित घोषणा पत्र जारी भएको छ । पहिलो बुंदामा बढैयाताल गाउँपालिकालाई बाल बिवाह मुक्त पालिका बनाउन स्थानिय सरकार अन्र्तगत धार्मिक सञ्जाल, यूवा सञ्जाल महिला सञ्जाल लगाएतका विभिन्न सञ्जालहरु नेपाल प्रहरी, नागरिक समाज, बाल क्लब र बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ सस्थाहरु संयुक्त रुपमा प्रयत्नशिल रहने, यसैगरी २ नं. मा यसै आर्थिक बर्ष मा बढैयाताल गाउँ पालिकाका कम्तिमा पनि २ वडालाई बाल बिवाह मुक्त वडा घोषणा गर्ने, ३ न. मा बाल बिवाह न्यूनिकरणका लागि जनता माझ अन्तर धार्मिक सञ्जाल अभियान सञ्चालन गर्ने, ४ नं. मा बाल बिवाह अन्त्यका लागि अन्तर धार्मिक सञ्जाल संचालन तथा ब्यबस्थापन कार्यबिधि पालिकाले तयार गरी लागु गर्ने, ५ नं. मा बढैयाताल गाउँपालिकामा रहेका बिशेष संरक्षणको आवाश्यक्ता भएका बाल बालिकाको पहिचान गरि राज पत्रमा प्रकाशन गर्ने र अन्तिममा बिवाह पुर्व वडा र पालिकावाट अनिवार्य सिफारिस लिनु पर्ने प्राबधान लागु गरि बाल बिवाह न्यूनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

पालिकाका बिभिन्न शाखाका प्रमुख, जन प्रतिनिधी, नागरिक समाजका प्रतिनिधि, बिभिन्न धर्ममा आस्था राख्ने धर्मगुरुहरु पत्रकार लगाएतको सहभागितामा अन्तर धार्मिक सञ्जाल तथा ब्यबस्थापन कार्यबिधि सम्बन्धि भएको कार्यशाला गोष्ठिमा यूनेस्को क्लबका सहायक निर्देशक महेश नेपालीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा तथा अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा पालिका स्तरीय अन्तर धार्मिक सञ्जाल संचालन तथा ब्यबस्थापन कार्यबिधि २०८० को मस्यौदा तयार गरिएको छ । उक्त कार्यबिधिको मस्यौदा तयारको लागिअधिबक्ता राजकुमार थारुले सहजिकरण गर्नु भएको यूनेस्को क्लबकी सामाजिक परिचालिका लक्ष्मी चाौधरीले जानकारी दिइइन् ।

मंगलबार देखि सञ्चालन भएको कार्यक्रमको समापनमा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले तयार भएको मस्यौदा अध्ययन गरि अनुमोदनको लागि कार्यपालिकामा पेश गर्ने बताए । त्यसै गरि महिला शाखाकी प्रमुख सुजिता चौधरी, धामिक संजालका संयोजक बुद्धिराज लम्साल लगाएतले बाल बिवाह अन्तयका लागि नीति कार्यबिधि बनाएर मात्र नहुने भन्दै कार्यान्वयन चुनौति हुने भन्दै बाल बिवाह मुक्त पालिका बनाउने हो भने सबै सरोकार पक्ष,जन प्रतिनिधि खुलेर लागेमा सम्भब हुने जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय