गुणस्तरीय शिक्षा दिने विद्या ज्योति माविको प्रतिबद्धता
आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,बैशाख १०/ बढैयाताल शैक्षिक शत्र शुरु भएसंगै सामुदायिक बिद्यालयका अभिभाबकले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाको लागी चासो देखाएका छन् ।

बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुर बर्दियाले आ.ब. ०७९÷०८० को बजेट तथा कार्यक्रम र विद्यालयको शैक्षिक रणनितिक योजनाका बारेमा आयोजित अन्तरकृयात्मक भेलामा उपस्थित अभिभाबकले सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षाको बिषयमा चासो देखाएका हुन् ।

अभिभाबकले बिचार राख्दै हुने खानेका छोरा छोरी राम्रा बोर्डिङ स्कुलमा पढ्ने र बिपन्न समुदायका बालबालिका नजिकको सामुदायिक बिद्यालयमा पढ्न बाध्य भएको बताएका छन् । सामुदायिक बिद्यालयले बोर्डिङ स्कुलको जस्तै पठन पाठनको ब्यबस्था गर्ने हो भने हाम्रा बालबालिका पनि नजिकको बिद्यालयमा पढाउने बताउदै बिद्यालयले गुणस्तरीय शिक्षाको लागि ग्यारेन्टी गर्नु पर्नेमा जोड दिएका छन् ।

बिद्यालय ब्यबस्थापन समितिका ज्येष्ठ सदस्य घनश्याम घिमिरेको अध्यक्षतामा भएको भेलामा बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुरका प्रधानाध्यापक भक्तिसागर रेग्मीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अभिभाब तथा समुदायको साथ र सहयोग भएमा अभिभाबकले चाहे अनुसारको गुणस्तरीय शिक्षा दिन बिद्यालय तयार भएको बताए ।

बिगतमा के भए भएनन् भन्ने भन्दा पनि यसै शैक्षिक सत्रबाट शैक्षिक प्रगति १०० प्रतिशत सुधार र उपलब्धी ल्याउने प्रअ रेग्मीले ग्यारेन्टी गरेपछि अभिभाबकले सकारात्मका धारणा राख्दै बिद्या ज्योतिमा पढाउने सहमती जनाएका छन् ।

शैक्षिक सुधारका लागि बिद्यालयले प्रजातान्त्रिक निर्णय गर्ने र कार्यान्वयन निर्मम रुपमा गरिने प्रतिबद्धता जनाउदै ब्यबस्थापन र सुशासनको पाटोमा आफु केन्द्रित हुने प्रअ रेग्मीले जानकारी दिए ।

गुणस्तरीय शिक्षाको लागि प्रत्येक शिक्षकको दैनिक पाठ योजना हुने, बालबालिकाको बौद्धिक क्षमता अनुसारको पठन पाठन गरिने, कम्जोर बालबालिकाको पहिचान गरि अभिभाबकको परामर्शमा थप शिक्षण शिकाइको कक्षा सञ्चालन गरिने । साना बालबालिकाको स्वाथ्य सरसफाइमा ध्यान पुर्याउने र बाल मैत्रि वाताबरणमा शिक्षण शिकाइ प्रदान गर्ने ।

बालबालिकाको बारेमा अभिभाबकसंग नियमित छलफल गर्ने, आवाश्यकता हेरी अभिभाबकको समन्वयमा कम भन्दा कम खर्चमा होस्टेल सञ्चालन गर्ने, प्यारेन्टीङ गर्ने र १ देखि ५ सम्म अंग्रेजी माध्यम सहित अलगै भवनमा कक्षा सञ्चालन गर्ने, ब्यास्थापनको लागि अलग संयोजक तोक्ने यसैगरी ६ देखि ८ र ९ देखि १२ को अलग कलष्टर बनाई ब्यबस्थापनको लागि संयोजक तोकेर कक्षा सञ्चालन गर्ने लगाएतको रणनीति बनाएको बिद्यालयले जनाएको छ ।

२०३२ सालमा स्थापित बिद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुर बर्दिया जिल्लाको एक नमुना बिद्यालय भएको र बिद्यालयमा प्रयाप्त शिक्षक दरबन्दी, भौतिक संरचाना आवाश्यक लाइबेरी लगाएतको सुबिधा हुँदा हुदै पनि नजिकको बिद्यालय छोडेर टाढाको निजि बिद्यालयमा जानु भनेको बिद्यालय र अभिभाबक बिच समन्वय अभाब हो या बिद्यालय प्रति अबिश्वास हो भन्ने बारेको भ्रम अन्तरक्रियाले प्रष्ट पारेको अभिभाबकले जनाएका छन् ।

बिद्यालय ब्यबस्थापन समितिका सदस्य, पुर्व बिद्यालय ब्यबस्थापन समितिका सदस्य, अभिभाबक, पूर्व बिद्यार्थी शिक्षक, बुद्धिजिवी लागएतको सहभागिता रहेको अन्तरकृया कार्यक्रममा बिद्यालयका प्रअ रेग्मीले गुणस्तरीय शिक्षाको बारेमा प्रतिबद्धता जनाए पछि उपस्थित अभिभाबक र बि.ब्य.स.का सदस्यले आफ्ना बाल बालबालिकालाई सामुदायिक बिद्यालयमा पढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

बिडम्बना के छ भने अभिभाबक आफ्ना बालबालिकाको उज्ज्वल भबिष्यको लागि भन्दै निजि बिद्यालयमा महंगो शुल्क तिरेर पढाउन बाद्य छन् तर श्रोत र साधनले भरिपुर्ण भएका सामुदायिक बिद्यालयले आफ्ना बिद्यार्थीलाई टिकाउन नसक्दा बिद्यार्थी बिहिन बिद्यालय बन्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सबै सामुदायिक बिद्यालयले युग सुहाउदो प्रबिधि मैत्रि पठन पाठनको ब्यबस्थाको लागि ठोस योजना र अभिभाबकसंग नियमित सम्बाद र छलफलको वाताबरण बनाउन जरुरी छ । जब सम्म समाजमा रहेका हरेक असल सस्कार र संस्कृतिको संरक्षण, बिकृतिको निर्मुलिकरण र युग सुहाउदो पाठशालाको रुपमा सामुदायिक बिद्यालयलाई रुपान्तरण गर्न सकिदैन तब सम्म यस्ता समस्या रहि रहन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय