ओराली गोलीकाण्डकी मृतक नविनाले न्याय पाईनन्
आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १० (फरकसमाचार) / बाघ आततयिकी शिकार बनेकी स्कुले बालिकाको परिवार यतिवेला न्यायको खोजीमा छ । स्थानीय नमुना माबि ढोढरीमा प्लस टुमा अध्ययनरत २१ बर्षिय मधुवन सोनाहाकि नविना चौधरी प्रहरीको गोली प्रहारबाट ज्यान गएको थियो । अन्तराष्ट्रिय करिडोर खाता नजिक बाघको आक्रमणबाट घाईते भएकि महिला अस्मिता चौधरीको उपचार र बाघ आंतकबाट आंतकित सर्वसाधारणले नेपालगंज गुलरिया सडकखण्ड अबरोध पारेका थिए ।

सडकमा अबरोध गर्ने सर्वसाधारण र प्रहरी विच द्धन्द्ध बढ्दै जादा अन्तत भिँडसँग प्रहरी दोहोरो भिडन्त भएको थियो । त्यसपछि प्रहरी र सर्वसाधारण विच भएको दोहोरोमा गोली लाग्दा नविनाको ज्यान गएको थियो । दोहोरो भिडन्तमा डिएसपि सुर्य प्रसाद सुवेदी लगायत दर्जन प्रहरी घाईते भए । उश्रृखल भिँड अनियन्त्रित हुँदा प्रहरीले गोली प्रहार गरेको खुलेको छ । गत जेठ २ गते सडक अबरोधकर्ता र प्रहरी विच सहमति नहुँदा अप्रात्याशित घटनामा प्रहरीले गोलीबाट ज्यान गुमाएको नविनको टाउँको गोली लागेको थियो ।

घटनास्थलमा ज्यान गुमाएकि नविना स्कुलबाट घर फर्कने बेलामा भिँडमा पर्दा गोली लागेको हुनसक्ने अनुमान छ । तर,घटना लगत्तै मृतक परिवारको ओराली बजारको चोकमा शालिक बनाउँने गरी सर्व पक्षिय सहमति भएको उल्लेख छ । सहमति कार्यान्वयन गर्न मधुवन नगर सरकारले शालिक निर्माणका लागि पाँच लाख विनियोजन गरेको छ । तर शालिक निर्माणको प्रक्रिया अघि बढाउँन खोज्दा स्थानीयले बिरोध जनाएपछि शालिक निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । शालिक निर्माणको घेरा बनाउँदा स्थानीयले विरोध गरेको मृतकि दाजु नविन चौधरीले बताए ।

‘शालिक बनाउँने सबै दलको सहमतिमा निर्णय भएको छ,’उनले भने,‘मृतक नविना बैनिको शालिक बनाउँन नदिन षडयन्त्र भईरहेको छ ।’ उनका अनुसार थारु भएकै कारण अन्यायमा पार्न खाजिएको छ । शालिक निर्माण गर्न अबरोध गर्ने प्रशासनले कारबाही गर्न पर्ने पिडित परिवारको माग छ । मृतक नविनाको शालिक निर्माण अबरोध गरे संघर्षमा उत्रने पिडित परिवारले चेतावनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय