चितवन २ मा रवि लामिछानेको अग्रता
सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

चितवन, वैशाख ११ / चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय