बर्दियामा १६ जनामा भाइरस सक्रिय
मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १२ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १६ पुगेको छ । १४ जना महिला र ४ जना पुरुषमा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयले जनाएको हो ।

पछिल्लो समय कोरोना भाइरसका संक्रिमतको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए । ‘अस्ति देखि चेक जाँच शुरु भएपछि संक्रमितको संख्या फेला पर्न थालेको छ’ सुचना अधिकारी चौधरीले भने,‘कोभिड बढ्न नदिन सबैले स्वास्थ्यको मापदण्ड पालना गर्न जरुरी छ ।’

गुलरिया नगरपालिकामा संक्रमितको संख्या बढी रहेको छ । गुलरिया नगरपालिकामा २ जना पुरुष र ९ जना महिलामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गेरुवा गाउँपालिकामा १ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको छ भने बाँसगढी नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय