बर्दिया, बैशाख १२ (फरकसमाचार) / पश्चिम नेपालको ठूलो क्षेत्रफलको सिमसार क्षेत्र मध्यमा पर्छ बढैयाताल । ८० प्रजातिको माछा र साईबेरियन चराको उपस्थितिले देखिने मनमोहक बढैयाताल यतिबेला सुख्खा र उजाड देखिन्छ । बढैयाताल गाउँपालिकाको जिम्मामा तालको संरक्षण र प्रबद्र्धन रहेपनि जनप्रतिनिधिको उदासिनताले माटो वेचेर न्यूनतम राजश्व लिनेमा पालिकाको भूमिका सिमित देखिन्छ ।
संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको बढैयाताल दयनिय अवस्थामा गुज्रिरहेको छ । बढैयातालमा एक अर्बको दिर्घकालिन परियोजना लागु छ । परियोजना भित्र आईसल्यान्ड, ताल वरीपरी पर्खाल निर्माण, तालको छेउँछाउँ पक्की सडक निर्माण लगायतका भौतिक पूर्वाधार निर्माण गर्न पर्ने उल्लेख छ । ताललाई खनजोत गर्ने नाममा दुई वर्ष देखि सुख्खा राखिएको छ । आईसल्यान्ड बनाउँने नाममा निकालिएको माटोको दुरुपयोग भईरहेको छ ।
तालको बिशेषता नै लोप हुने अवस्थामा पुग्दा सम्बन्धित निकाय मुखदर्शक बनेको आरोप छ । बढैयातालमा दिर्घकालिन परियोजना बढैयाताल गाउँपालिका टेण्डर आह्वान गरेको हो । परियोजनाको नाममा ताल सुकाएर तालको बिशेषता लोप हुने अवस्थामा पुराएकोमा संरक्षणकर्मी चिन्तित छन् । सयौं प्रजातिको चरा र माछाको बासस्थान लोप हुने अवस्थामा पुगेको संरक्षणकर्मी राधेलाल थारुले बताए । ‘बढैयातालको सौन्र्दयता नै विभिन्न प्रजातिको चरा र माछा अवलोकन हो,’उनले भने,‘चरा र माछा दुबैको वासस्थान सुख्खा छ ।’ बढैयाताल गाउँपालिकाको वेवास्ताले ताल कुरुप बन्दै गएकोमा स्थानीय आक्रोषित छन् ।
नाम मात्रका परियोजना लागु गर्दा तालको बिशेषता लोप हुने अवस्था पुगेको बढैयाताल प्रशासनले जनाएको छ । निजि तालमा पानी भरिएको छ । बढैयातालमा लामो खडेरी पर्दा जग्गामा धाजा फाटेजस्तै गरी ताल फाटेको छ । बढैयाताल गाई भैसी र बाख्रा चरिचरण गर्ने स्थलमा परिणत भएको छ । एक सय दश बिघा जग्गामा फैलिएको ताल कुरुप बन्दै छ । तर,निजि लगानीमा व्यबवसायिक परियोजनका लागि ताल छेउछाउँका पोखरीमा निलो देखिन्छ । बढैयातालबाट उठ्ने बार्षिक राजश्व खेर गएको छ ।
बिश्वमै सुचिकृत बढैयाताल सुख्खा र उजाड छ । साईबेरियन चराको बासस्थान रहेको बढैयातालमा दुई वर्ष देखि यहि अवस्थामा गुज्रिरहेको छ । आईसल्यान्ड निर्माण, ताल वरीपरी पक्की निर्माण गर्ने परियोजनाको लक्ष्य कागजमा सिमित भएको छ । बढैयातालमा आक्रोषित रुपमा बढिरहेको अतिक्रमण भएपनि बढैयाताल गाउँपालिका वेवास्ता गर्दै आईरहेको आरोप छ । एक अर्बको परियोजना बढैयातालमा लागु भईरहेको बढैयाताल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले बताए । उनका अनुसार सरकारी आयोजना निर्माण भएकालाई बढैयातालमा निकालिएको माटोको बिरोध भएपछि माटो बिक्रि रोकिएको छ । परियोजनाका लागि बजेट अभाव हुँदा बढैयातालको काम तदारुकताका साथ अघि बढ्न नसकेको ऐडीले जानकारी दिए ।