दलबहादुर सुनार
बर्दिया, बैशाख १८/ बढैयाताल बिद्याज्योति नमुना माध्यामिक बिद्यालय कण्ठपुरको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा बसन्त सिंह ठकुरी चयन भएका छन् । बिद्यालय ब्यबस्थापन समितिका ज्येष्ठ सदस्य घनश्याम घिमिरेको अध्यक्षतामा शनिवार बसेको बैठकले ठकुरीलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष ठकुरीसहित नौ सदस्य सर्वसम्मत चयन भएका छन् ।
जिल्लाको नमुना बिद्यालय बिद्याज्योति माध्यामिक बिद्यालय पनि राजनितिक प्रभाबबाट अछुतो हुन सकेन । जसको कारण समयमा समिति निमार्ण हुन नसक्दा बिद्यालयका हरेक गतिबिधिमा असुबिधा सिर्जना भएको बिद्यालयले जनाएको छ । कतैबाट पनि सहमतिको प्रयास जुट्न नसकेपछि बिद्यालयले पालिकाको शिक्षा ऐनको अधिनमा रहि अभिभाबक मध्येबाट अध्यक्ष पदमा सर्बसम्मत गराई समितिलाई पुर्णता दिएको बिद्यालयले जनाएको छ ।
तिन बर्षे कार्यकालको लागि अध्यक्षमा ठकुरी, सदस्य सचिबमा सोही बिद्यालयमा प्रधानाध्यापक भक्तिसागर रेग्मी, सदस्यहरुमा घनश्याम घिमिरे, सरिता कार्की, हीरा केसी, वडा प्रतिनिधि कृष्णकला सुनार, शिक्षक प्रतिनिधि लिला पौडेल, शिक्षा प्रेमिबाट सुकमाया सुनार र स्थानिय केशब गिरी सहितको नौ सदस्य बिद्यालय ब्यबस्थापन समिति सर्बसम्मत चयन भएको बिद्यालयले जनाएको छ ।
बिद्याज्योति माध्यामिक बिद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले बिद्यालयलाई राजनितिक थलो बनाउन नहुने भन्दै पुरातन सोच र मुल्य मान्यताले ग्रसित समाजलाई चुनौति दिदै गुणस्तरीय शिक्षाको लागि इनोभेटि निर्णय गरेको बताए ।
अरुले के भन्छन् के भन्दैन भन्ने भन्दा पनि रचनात्मक निर्णय गरि बिद्यालयको मुहार फेर्न नयाँ अनुहारका युवा पंति आएका छन् बिद्यालयको संस्थागत बिकासको लागि स्थानिय सरकार वडा, पालिका, बिद्यालयका पुर्व अध्यक्ष, शिक्षा प्रेमिको साथ र सहयोग अपरिहार्य हुने बताए ।
बिद्यालयले यस शैक्षिक शत्रबाट निजि बिद्यालयको तुलनामा गुणस्तरीय शिक्षाको लागि कुनै मानेमा पनि कमि नहुने ठोकुवा गर्दै बिद्यालयका प्रअ रेग्मीले भने महत्वपुर्ण निर्णय र योजनाका साथ बिद्यालय अगाडी बढेको हुँदा अभिभाबक बिद्यार्थीले चाहे अनुरुपको शिक्षा प्रदान हुने छ ।