मिटर ब्याज पीडितहरुले प्रशासनमा सम्पर्क गर्न अनुरोध
मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १९ (फरकसमाचार) / अनुचित लेनदेन(मिटर ब्याज)पीडितहरुको लागि जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी सुचना प्रकाशित गरेको छ । अनुचित लेनदेन पीडितहरुले आफुसंग भएको साबुत प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सुचना मार्फत अनुरोध गरिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशित गरि पीडितले प्रशासन कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म पीडितहरुले प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्ने जनाईएको छ । मिटर ब्याज पीडित व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयबाट निशुल्क रुपमा पाईने निवेदन फारम भरी मुद्दा शाखामा सम्पर्क राख्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जनाएका छन् । निवेदन फारम जिल्ला प्रशासन कार्यालयको वेबसाइड वा फेसबुक पेजबाट पनि डाउनलोड गरि प्राप्त गर्न सकिन्छ ।

आठ वटै पालिकामा रहेका मिटर ब्याज पीडितलाई सूचना उपलब्ध गराइ प्रशासनमा सम्पर्क गर्न पठाईदिन स्थानीय तहलाईसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय