बर्दिया, बैशाख २४ (फरकसमाचार) / राजापुर नगरपालिकाकी १३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । २७ वर्षिय शनिराम चौधरी र २६ वर्षिय राधेश्याम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिईन् । बालिका राति घरमा सुतेको बेला कच्ची घरको भित्ता फोडेर बलात्कार गरेको आरोप छ ।
बुधबार राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घरको पछाडिको भित्ता फोडेर शनिरामले बलात्कार गरेको र राधेश्यामले बाहिर निरानी गरी सहयोग गरेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।