बेवारिसे अवस्थामा सालको काठ बरामद
आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

बैशाख २४ (फरकसमाचार) / बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ ।

मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार बरामद गरेको हो । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरी टोलीले साल जातको २१ गोलिया ६०.६२ क्युफिट काठ बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद काठ मुल्य रु १ लाख २१ हजार २ सय ४० बराबरको छ । बरामद काठ कारवाहीको लागि सव डिभिजन वन कार्यालय सानोश्रीमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय