सशस्त्र प्रहरी हवल्दारले कम्पाउन्ड भित्रै गरे आत्महत्या
आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २४ (फरकसमाचार) / सशस्त्र प्रहरी हवल्दार एसओबी कम्पाउन्ड भित्रै आत्महत्या गरेका छन् । मधुवन नगरपालिका अन्र्तगत एसओबी शुक्रबस्ती पोष्टमा कार्यरत सशस्त्र प्रहरी हवल्दारले शनिबार आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका–६ मैनापोखर घर भएका दारासिंह थारुले आत्महत्या गरेको सशस्त्र प्रहरी बल नेपाल ३१ नंम्बर गण सुरजपुरका डिएसपी दिपेन्द्र थापाले बताए । ‘एसओबी कम्पाउन्ड भित्रै शनिबार दिउँसो सवा एक बजे हवल्दार थारु झुन्डिएको अवस्थामा भेटिएका छन्’ डिएसपी थापाले भने,‘के कारणले आत्महत्या गरेको अझै खुलेको छैन ।’

शुक्रबस्ती एसओबीमा विगत ३/४ महिना देखि हवल्दार थारु कार्यरत रहेको जनाए । के कारणले आत्महत्या गरेको विषयमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय