लागु औषधसहित युवती पक्राउ
सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २५ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरकी १८ वर्षिय आस्मा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले चौधरीलाई शनिबार नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

‘भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउँदै रहेकी युवतीको साथबाट ३ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ’ प्रहरी निरीक्षक क्षेत्रीले भने,‘युवतीलाई लागु औषधसहित नियन्त्रणमा लिई आइतबार अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर