५४औं दिनमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

बर्दिया,बैशाख २५ / राजापुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत दिल्लि भट्राईको ५४औं दिनमा सरुवा भएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको चित्त नबुझेपछि पावरको दुरुपयोग गरी भट्राईको सरुवा गराउँन सफल भएको खुलेको छ ।

प्रमुख प्रशासकिय अधिकृतकै सरुवाका लागि नगर प्रमुख थारु पटक पटक काठमाडौ धाईरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । दुई महिना नपुग्दै सरुवाको माग गरेपछि मन्त्रालयका कर्मचारीले प्रमुख प्रशासकिय अधिकृत भट्राई सरुवाको बिषयलाई आलटाल गर्दै आएका थिए । तर, नगर प्रमुख थारुले माओवादीको मन्त्रालय भएका कारण पावरको प्रयोग गर्दा अन्तत भट्राईको सरुवा भएको स्रोत दाबी गर्छ । राजापुरमा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीलाई संघिय मन्त्रालयको १४ गतेको निर्णयले पठाएको छ ।

माओवादीका नगर प्रमुख र मन्त्रालय समेत माओवादी सम्हालेका कारण तस्रो पटकमा भट्राईको सरुवा भएको जानकारी प्राप्त भएको छ । तर,प्रमुख प्रशासकिय भट्राईको सरुवा सहमत भएको नगर प्रमुख थारु एक्कासी आरोप प्रत्यारोप उत्रिएर सार्वजनिक रुपमा प्रमुख प्रशासकिय अधिकृत बिरोध गर्दै आएका थिए ।
नगर प्रमुखले कार्यपालिकाबाट आफु अनुकुलका निर्णय गराएर कार्यान्वयनका चलखेल गर्ने तयारी छ । यसअघि प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीसँग राम्रो हिमचिम नगर प्रमुख थारुको थियो । उपसचिवको दरबन्दीमा पावरको एक्सर साईज गरेर बसेका सुबेदीको तीन महिना अघि खजुरा गाउँपालिकामा सरुवा गराएर सेफल्याङडिङ गराईएको छ । सुवेदी माओवादी समर्थक कर्मचारी भनेर चिनिन्छन ।

त्यतिबेला स्वास्थ्य क्षेत्र कार्यबिधि नल्याएर सरुवा गर्दा प्रमुख प्रशासकिय अधिकृत सुबेदि र नगर प्रमुखले आलोचित बनेका थिए । माओवादी आधार क्षेत्र मानिएको राजापुरमा झिनो मतले विजयी हुने बिषयलाई लिएर शिक्षा र स्वास्थ्य क्षेत्रमा मनोमानी गर्ने नगर प्रमुख थारुको भित्रि आक्रोष लुकेको अनुमान छ । वर्तमान नगर प्रमुख थारु प्रदेश सांसद पद त्यागेर पावरको भरमा टिकट ल्याउँदा कार्यकर्ता असन्तुष्टिले भिनो (४७)मतले प्रतिस्पर्धी काग्रेसका उम्मेदवार दिपकजंग शाहसँग चुनाव जितेका आँकलन गरिएको थियो । जबरजस्ती टिकट खोसेका भन्दै असन्तुष्ट माओवादी कार्यकर्ताले पार्टी त्याग गर्दा राजापुरमा माओवादीमा भित्रि असन्तुष्टि व्याप्त छ । सरुवाको बिषयमा प्रतिक्रिया लिन फोन गर्दा नगर प्रमुख थारुसँग फोन सम्र्पक हुन सकेन । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय