अबैध सामान बरामद
मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २६ (फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह र वडा नंम्बर ८ कण्ठपुर स्थित सडकको छेउमा बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले आइतबार बरामद गरेको छ ।

भारतबाट ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको अनुमान प्रहरीको छ । बरामद सामानमा चिनी, डिउ, सुपर पावर सुर्ती र युरिया मल लगायत अन्य सामान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुल्य रु १६ हजार ८ सय २० बराबरको अबैध सामान बरामद भएको छ । बरामद सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय