लागु औषधसहित दुई पक्राउ
मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २६ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थितबाट प्रहरीले लागु औषधसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ लखनाका २२ वर्षिय खिम बहादुर बिक र २१ वर्षिय शिव प्रसाद थारु रहेका छन् । भारतबाट नेपालतर्फ शंकास्पद रुपमा हिड्दै आईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा लागु औषध फेला पारेको हो । प्रहरीले खानतलासी गर्दा बिकले लुकाई छिपाई प्लाष्टिकमा एक पुरिया राखेको लागु औषध बरामद भएको छ ।

प्रहरीका अनुसार ३ सय ५० मिलिग्राम लागु औषध बरामद भएको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई सोमबार जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । त्यसै गरी बढैयाताल गाउँपालिका–६ मैनापोखरकी १८ वर्षिय आस्मा चौधरीलाई प्रहरीले लागु औषधसहित शनिबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय