भारतीय राजदुत नविनको आँखै अघि एकपछि अर्को बाघ
बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २७(फरकसमाचार) / भारतीय राजदुत नविन श्रीवास्तव सहित कर्मचारी टोलीको बर्दिया निकुन्ज भ्रमण सुखद भएको छ । पश्चिम नेपालमा बाघ पर्यटनको पहिचान बनाएको बर्दिया राष्ट्रिय निकुन्जमा जंगलको राजा पाटे बाघको चहल बढेको खबरसँगै भारतीय राजदुत श्रीवास्तवको निकुन्ज भित्र बाघसँग नजर जुधेको खबर छ । निकुन्ज भ्रमणको क्रममा राजदुत श्रीवास्तवले जंगलको राजा पाटे बाघको गतिबिधि नियाल्न सफल भएका छन् ।

ठाकुरद्धाराको एक दिने बसाईमा बाघसँग जम्काभेटको सुखद पक्षलाई पटक पटक सुनाएर खुसी साटेका छन् । निकुन्ज भित्र पाटे बाघ गतिबिधिको प्रत्यक्षदर्शीको अनुभवलाई श्रीवास्तवले अवसरको रुपमा लिएका छन् । उनले संरक्षणकर्मी, सुरक्षाकर्मी र निकुन्ज कर्मचारी अथक मिहेनत सह्रायनिय भएको खुलेर प्रशंसा गरेका छन् ।

सोमबार बर्दिया पुगेका श्रीवास्तव ठाकुरद्धारा स्थित टाईगरटप्स होटलमा एक रात विताए । मंगलवार बिहान निकुन्ज भित्र बाघ अवलोकनको लागी जंगल सफारीमा निस्केका थिए । निकुन्ज भित्र भ्रमण गर्ने क्रममा फरक फरक ठाउँमा दुई वटा बाघ देखेको उनले सुनाए ।

राजदुत श्रीवास्तवलाई जनप्रतिनिधिले होटलमा स्वागत गरेका छन् । गुलरिया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य समेत रहेका मनोज यादवले भेटघाट कार्यक्रमको लागि राजदुत श्रीवास्तवसँग समय मागेका थिए । होटलमा भएको भेटघाटमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्साल, वडा अध्यक्ष यादव र गुलरिया वडा नं. ६ का वडा अध्यक्ष सुन्धान्सु प्रकाश शर्मा विच समसामायिक बिषय कुराकानी भएको छ ।

श्रीवास्तवकोे कुरालाई उदृत गर्दै यादवले भने,‘स्कील डेभलपमेन्ट सेन्टर परियोजना लागु गर्न स्थानीय तहले माग गर्न पर्ने छ ।’ उक्त परियोजना मार्फत दुई करोड बढि एउटा पालिकामा लगानी गर्न सकिन्छ । आवश्यक कागजात मार्फत माग गरे भारतीय दुतावासले सकारात्मक भुमिका खेल्ने र परियोजनालाई विस्तारमा राजदुत श्रीवास्तव सकारात्मक रहेको यादबले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर