बर्दियाका रिजाल पेस्तोलसहित बाँकेमा पक्राउ
बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

बाँके, बैशाख २७ / नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

किङ क्रस क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइ राखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय