लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ
शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २९ (फरकसमाचार) / लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ९ का २२ वर्षिय चन्द्र बहादुर हमाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

हमाललाई अदालतले ०७९ साल बैशाख ७ गते लागु औषध ब्राउन सुगर मुद्दामा ९ महिना कैद सजाय र रु २ सय जरिवाना तोकेको थियो । अदालतले सजाय तोकेदेखि हमाल फरार रहेका थिए ।

प्रहरीले हमाललाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई सजाय भुक्तान गराउन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय