बर्दिया, बैशाख २९ (फरकसमाचार) / कर्णाली चिसापानी पुल नजिक फेला परेको शवको पहिचान नखुल्दा सनाखत हुन सकेको छैन । बुधबार फेला परेको शवको पहिचान हुन नसक्दा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका–२ कर्णाली चिसापानी पुल नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको छ । चिसापानी पुल नजिकै निलो र रातो रंगको वाटरप्रुफ ज्याकेट, भित्र रातो रंगको टिसर्ट, सेतोकालो धर्सा भएको सर्ट, घिउ रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको व्यक्तिको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव फेला परेको व्यक्तिको अन्दाजी उमेर ५०÷५५ वर्षको छ । शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागि बर्दिया अस्पतालमा राखेको प्रहरीले जनाएको छ ।