युवकको नाकको प्वालबाट लागु औषध बरामद
शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २९ (फरकसमाचार) / नाकको प्वालबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–६ का २३ वर्षिय बब्लु राढलाई प्रहरीले लागु औषधसहित बुधबार पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थितबाट प्रहरीले राढलाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा लागु औषध फेला परेको छ ।

नाकको प्वालमा सेतो प्लाष्टिकको पुडियामा २ सय ८० मिलिग्राम लागु औषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राढलाई नियन्त्रणमा लिई बिहीबार अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय