अबैध काठ बरामद
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बर्दिया, जेठ १ (फरकसमाचार) / अबैध काठ प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–३ भग्रैया स्थितबाट प्रहरीले शनिबार अबैध काठ बरामद गरेको हो ।

धर्म बहादुर खत्रीको खाली घर र मकैबारी, बिपतपुर स्थित बालकुमारी समिल तथा फर्निचर उद्योगबाट सिसौ, खयर र साल जातको २ सय ८३ दशमलव ६१ क्यूफिट अबैध काठ प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बरामद काठको मुल्य रु १४ लाख ६५ हजार ५ सय ५० बराबरको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र सव डिभिजन कार्यालय खाताका बन अधिकृत सन्तोष चौधरीको टोलीले अबैध काठ बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय सानोश्रीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय