लागु औषधसहित एक पक्राउ
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बर्दिया, जेठ १ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका –२ फुटाहा स्थितबाट प्रहरीले लागु औषधसहित एक जनालाई शनिबार पक्राउ गरेको हो ।

जुम्ला तिला गाउँपालिका–७ घर भई हाल बाँके खजुरा गाउँपालिका–६ बस्ने ३३ वर्षिय दिलिप रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले रोकायालाई नियन्त्रणमा लिई चेक जाँच गर्दा लागु औषध फेला परेको हो । रोकायाले चलाएको साइकलको घण्टीभित्र पहेलो प्लाष्टिकमा दुई पुरिया बनाई लुकाई छिपाई राखेको लागु औषध प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार १ ग्राम २० मिलिग्राम लागु औषध बरामद भएको छ । रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आइतबार अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय