बर्दियामा एक कैदी बन्दीको मृत्यु
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बर्दिया, जेठ १ (फरकसमाचार) / गुलरिया कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदी बन्दीको मृत्यु भएको छ ।

राजापुर नगरपालिका – ९ दुर्गापुरका ३८ वर्षिय खुसीराम थारुको आइतबार मृत्यु भएको छ । एक्कासी बेहोस हुँदा तत्कालै उपचारको लागि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए ।

डिएसपी बोहराका अनुसार चोरी मुद्दामा ०७८ साल माघ २६ गते देखि थारु सजाय भुक्तान गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर