सांसद गौतमको अनशन सर्वत्र चर्चामा
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बर्दिया,जेठ १ / दुई कार्यकाल फटाफट चुनाव जित्नेमा मध्यमा पर्छन–बर्दिया क्षेत्र नं १ का संघिय माननिय संजय गौतम । एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालिन एमालेका शिर्ष नेता बामदेव गौतमलाई हराएर चुनाव जितेका संजय दुई कार्यकाल सांसदको जिम्मेवारी रहदा समेत विकासको अनुभुति जिल्लाबासी गर्न नपाएको गुुनासो छ ।

गौतमको चुनावी एजेन्डामा मूख्य गरी तीन वटा विकासे काम प्राथामिकतामा पर्थे– भत्किएको जब्दी घाटको पुल निर्माण गर्ने, गुलरिया मुर्तीहा नाका खोल्ने र तेलपानी सुर्खेत सडकखन्डमा सडक निर्माणलाई पुर्णता दिने ।

माननिय गौतमको दोस्रो कार्यकालको समय घर्किदै जादा समेत ति विकास एजेन्डा ओझेलमा परिरहेकाले सांसदले उठाएको आवाजलाई वेवास्ता गर्न थालेपछि यतिबेला माननिय गौतम बिलखबन्दमा परेका छन् ।

२००९ अक्टोबरमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल भारत सम्झौता भएको गुलरिया–मुर्तीहा नाका खुल्न सकेको छैन, पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्किदा समेत पुर्ननिर्माण हुन सकेन र तेलपानी सडक अलपत्र अवस्थामा छ । सिँचाई मन्त्री समेत भईसकेका सांसद गौतमले राष्ट्रिय गौरवको आयोजना बबई सिचाई आयोजनाले पुर्णता पाउँन नसक्दा जिल्ला विकासको हिसावले पछि परेको छ ।

आफ्नै पार्टी सरकार रहदा समेत सिन्को भाच्न नसकेको अनुभुति गरेपछि संर्घषमा उत्रिएर सरकारलाई दवाव दिन आमरण अनशन माननिय गौतमले सुरु गरेका छन् । गौतमको आमरण अनशनको साथसाथै प्रदेश सांसद भुवनेश्वर थारु, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाकामा नगर प्रमुख छबिलाल थारुले रिले अनशन सुरु गरेका छन् ।

गुलरिया वडा नं २ का एमाले तर्फ जनप्रतिनिधि टंक पौडेलले अनशनमा स्वागत योग्य भएको भन्दै समर्थन जनाए । ७ बर्ष अघि भत्किएको पुलको पुनःनिर्माण नहुँदा जव्दी घाटको पुल मुनी गौतमको आमरण अनशनमा चलिरहेको छ । शनिवार देखि गौतमले अनशन सुरु गरेका थिए । १५ बुँदे मागसहित अनशन बसेका हुन । ‘हाम्रो बर्दिया बचाऔं, सम्मुनत बर्दिया बनाऔं’ भन्ने अनशनको मूल नारा छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाट स्थित भासिएको पुलमुनि अनशन सुरु गरेका हुन् ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो । भत्किएर जिर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिम पुर्ण आवागमन गरिरहेका छन् । तर गत बर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवत जावत ठप्प भएको छ । बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउदा सरकारको बेवास्ता गरेको संघिय सांसद संजय कुमार गौतमले बताए । ‘भत्किएको जब्दी घाटको पुलले बाधको काम गरेको छ’ सांसद गौतमले भने,‘यसले गर्दा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका बाढीको उच्च जोखिममा छ ।’ आउँदो बर्खामा हजारौं जनता डुबानमा पर्ने सुनाए । बबई सिँचाई आयोजना पनि अलपत्र परेको छ । बजेट अभावमा तटबन्धका काम अलपत्र परेका छन् । जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भिर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर