लागु औषध दुब्र्यसन बिरुद्धको अभियानमा हिरो सुनिलचन
मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, जेठ २ / थारु फिलिमका हिरोसमेत रहेका पुर्ब आगुऔषध प्रयोग कर्ता सुनिलचन थारुले बढैयातालमा लागु औषध दुब्र्यसन बिरुद्ध अभियान चलाउने भएका छन् ।

लागु औषध जस्ता बिकृति बिसंगतिले समाज अराज तर्फ उन्मुख भएको भन्दै हिरो थारुले समाजमा देखिएको बिकृति बिसंगतिका बिरुद्ध रचनात्मक अभियान चलाउने भएका हुन् ।

समाजमा लागुऔषध दुब्र्यसनी, बालबिवाह, यौनजन्य हिसां जस्ता घटनामा बृद्धि भएको भन्दै बिकृतिको बिरुद्ध सरोकारवाला निकायको समन्वयमा रचनात्मक अभियान संचालन गर्ने उनले बताए ।

थारु भाषाको बहार, हमारबस्ति, कुर्राहर, पलस टु संघर्ष जस्ता फिलिममा हिरोको भुमिकामा खेलेका बढैयाताल गाउँपालिका –८ मा सामान्य परिवारमा जन्मेका सुनिलचन थारु भन्छन् हाम्रो समाजका बालबालिका, किसोर किसोरी, युवा युवती बिकृतिको लतमा फस्दा परिवार, समाज र सरकारलाई टाउको दुखाईको बिषय बनेको छ ।

आफुपनि पुर्व लागु औषध प्रयोगकर्ता भएको अनुभब सुनाउदैे लागुऔषध प्रयोग गर्दा आफ्नो स्वास्थ्य, इज्जत प्रतिष्ठा, आर्थिक तथा सामाजिक रुपमा गिर्नु पर्ने र भबिष्य अन्धकार हुने भन्दै आफु अहिले पुर्णरुपमा मुक्त भएको हिरो थारुले बताए ।

अन्जानमा गलत साथिको संगतले दुब्र्यसनिमा फस्दा आफ्नो परिवार, आफन्तहरुको माया ममता सद्भाब पनि टाढा हुने र सुन्दर जीवनको सुन्दर भबिष्य पनि फोहोरको थुप्रोमा मिले जस्तै हुनु पर्दा जीवनमा ठुलो झट्का लागेको उनले सुनाउदै बालबालिका किसोर किसोरी कोहि पनि यस्तो कुलतमा नपरुन भन्नका लागि आफु स्वत स्फुर्तरुपमा अभियानमा लागेको हिरो थारुले भने ।

बिगतमा असल खराब जे जे गरियो त्योबाट पाठ सिक्दै बाकी जीवनमा असल कर्म गरि समाज रुपान्तरणमा लाग्ने उनले भने, आफुमा भएको क्षमतालाई सकरात्मक र रचनात्मक कार्यमा लगाउने भन्दै बढैयातालमा कला संगित र सास्कृतिक माध्ययमबाट बालबालिका, किशोर किसोरीहरुलाई जोखिममा नपरुन भन्ने उदेश्यले वडा, पालिका, संघसस्था, प्रहरी, बिद्यालय र अभिभाबक लगाएतसंग समन्वय सहकार्य गर्दै अभियान चलाउने जनाए । लागु औषध दुब्र्यसनि, बालबिवाह , मानब बेचबिखन न्यूनिकरण सम्बन्धि सचेतनामुलक डकुमेण्ट्री प्रदर्शन सडक नाटक र प्रत्यक्ष स्टेज कार्यक्रम गरि अभियानलाई सफल र प्रभाबकारी बनाउने उनेले सुनाए ।

‘से नो ड्रग’ भन्ने मुख्य सन्देशबाट सुरु गरिने भन्दै सरकारले बालबालिकालाई कुलतबाट जोगाउने, कुलतमा परेका बालबालिकालाई समाजमा कसरी पुनस्र्थापना गर्ने भन्दा पनि कसरी अभियोग लगाउने र जेलहाल्ने कामले मात्र लागु औषध दुब्र्यसनि नियन्त्रण नहुने उनको भनाई छ । अभियानलाई सफल पार्ने हो भने सरकारले गाउँ बस्तिमा, बिद्यालयमा सचेतना अभियान चलाउनु पर्ने, बेराजगार यूवाहरुलाई आयमुलक तथा शिपमुलक काममा लागउनु पर्ने र पुर्व प्रयोगकर्तालाई समाजमा पुनस्र्थापना गर्ने खालको ठोस योजना हुनु पर्नेमा उनको जोड छ ।

लागुऔषध दुब्र्यसन तथा अबैध ओसार पसार बहुपक्षीय सरकोकारको सवाल बन्न नसक्दा समाज र देशमै यो समस्या जटिल बन्दै गएको देखिन्छ । तिनै तहका सरकारको अभियान प्रभाबकारी बन्न नसक्दा बर्षेनी प्रयोग कर्ताको सख्यामा बृद्धि हुदै गएको प्रहरीको तथ्यांकले देखाउछ । यो समस्या कुनै ब्यक्ति विशेष भन्दा पनि मानब समुदायकै समस्याको रुपमा देखिएको छ ।

यदि यस्ता समस्यालाई तिनै तहका सरकारले गम्भिर रुपमा नलिने हो भने समाजमा अपराधिक घटनामा बृद्धि हुने र समाज बिकृति बिसंगति तर्फ उन्मुख हुनेमा निश्चित छ । मानवीय समस्याको रुपमा सिर्जित समस्याको निराकरण गर्न उत्पादनशील र सृजनशील युवा जनशक्तिलाई सहि काममा प्रयोग गर्ने खालको ठोस योजना बनाउन सकेमा देश समृद्धि तर्फ उन्मुख हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर