काठ तस्करीमा काँग्रेसका नेता भएको खुलासा
बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

बर्दिया, जेठ ३ (फरकसमाचार) / गत शनिबार अबैध काठ बरामद भएको प्रेस विज्ञप्ती प्रहरीले जारी ग¥यो । प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार मधुवन नगरपालिका–३ भग्रैया स्थितबाट ठुलो परिणाममा सालको चिरान, गोलिया र खायर जातको अबैध काठ बरामद भएको पुष्टि भयो । तर, काठ तस्करमा संलग्न बालकुमारी समिलको संचालकको नाम खुलेन ।

स्थानीयको अनुसार काठ बरामद भएको समिलको संचालक नेपाली काँग्रेस जिल्ला तहको नेता नाममा रहेको खुलेको छ । यतिखेर तस्करीमा काँग्रेसका जिल्ला तहको नेताको नाम आईरहेको छ । प्रहरीले धर्म बहादुर खत्रीको पुरानो खाली घर भित्रबाट सालको चिरान काठ बरामद भएको जनायो । तर, खाली घर नेपाली काँग्रेसको १४औं अधिवेशन र स्थानीय चुनावमा प्रयोग भएको अखण्ड नेपाल ३० को वडा समितिको कार्यालय रहेको खुलासा भएको छ ।

खाली घर भनिएको धर्म बहादुर खत्री हो । तर, जिल्ला तहका काँग्रेसका नेताले प्रयोग गरिरहेका थिए । ‘पार्टी कार्यालयबाट प्रहरीले अबैध काठ बरामद गर्नु दुखद हो’ स्थानीयले भने,‘यस कार्यले पार्टीलाई बदनाम गरेको छ ।’ पार्टी र पहुँचको आडमा तस्करी गर्नु गलत हो । यस्तो गतिविधि गर्नेलाई हदैसम्मको कारवाहीको उनले मागसमेत गरे ।

काठ तस्करीमा संलग्नलाई कारवाहीमा कुनै कम्प्रोमाइज नगर्ने डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । ‘सव वन डिभिजन कार्यालय खाताका वन अधिकृत सन्तोष चौधरीलाई अनुसन्धान अधिकृत तोकि अनुसन्धान थालिएको छ’ प्रमुख बिडारीले भने,‘अनुसन्धानबाट खुल्ने काठ तस्करीमा संलग्नलाई कारवाही प्रक्रिया अघि बढाउने छौं ।’

जिल्लामा व्यापक काठ तस्करी भईरहेको रहस्य खुलेको छ । गत शनिबार ठुलो परिमाणमा अबैध काठ प्रहरीले बरामद गरेपछि रहस्य खुलेको हो । पहुँचको भरमा लामो समय देखि काठ तस्करी भईरहेको स्थानीयले आशंका गरेका छन् ।

मधुवन नगरपालिका–३ विपदपुर स्थित बालकुमारी समिल तथा फर्निचर उद्योगमा लुकाई छिपाई राखेको चिरान १७६.८७ क्यू फिट, गोलिया १२.८२ क्यू फिट, खयर जातको काठको गोलिया २०.१८ क्यू फिट र माछा पोखरी नजिकै खाल्डो खनी लकाई राखेको सालको झाप १० क्वीन्टल गरी जम्मा २ सय ८३.६१ क्यूफिट अबैध काठ बरामद भएको छ । धर्म बहादुर खत्रीको पुरानो खाली घर भित्र चिरान सालको काठ ३८.७४ क्यू फिट, सोही घर नजिकै रहेको मकै बारीबाट ३५ क्यू फिट बरामद भएको छ । प्रहरीका अनुसार बरामद काठको मुल्य रु १४ लाख ६५ हजार ५ सय ५० बराबरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय