बेवारिसे अवस्थामा अबैध सामान बरामद
बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

बर्दिया, जेठ ४ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याईएको अबैध सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बाटोको छेउमा बेवारिसे अवस्थामा थुपारि राखेको सामान मंगलबार प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद सामानको मुल्य रु १९ हजार २ सय ९४ रहेको छ ।

धानको बिउ र सुर्तीलगायत अन्य सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको अबैध सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय