सांसद गौतमको अनशन राज्य पक्षबाट बेवास्ता
बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

बर्दिया,जेठ ४ (फरकसमाचार) / सांसद संजय कुमार गौतम आमरण अनशनमा बसेको बुधबार पाँच दिन पुग्दासमेत सरकारले बेवास्ता गरेको छ । पाचौं दिन बितिसक्दा सरकारले सांसद गौतमको मागलाई सम्बोधन नगर्नु दुखद रहेको आमनागरिकले प्रतिक्रिया दिएका छन् ।

अनशन बसेको पाँच दिन बित्दा सांसद गौतमको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको चिकित्सकले सुझाएका छन् । जब सम्म सरकारले मागलाई सम्बोधन गर्दैन तबसम्म अनशन नतोड्ने अडान सांसद गौतमले लिएका छन् । जब्दीघाट पुलमुनि सांसद गौतम आमरण अनशनमा छन् ।

सांसद गौतम अनशनमा बसेको पाँच दिन पुग्यो तर सरकार बेखबर रहेको गुलरिया नगरपालिका–८ का पंकज थारुले बताए । सांसदको मागलाई सरकारले बेवास्ता गर्नु दुखद हो । ‘जिल्लाको समग्र विकासको लागि एउटा सांसदले यतिको गर्दासमेत सरकारको ध्यान जाँदैन’ उनले भने,‘आमनागरिकको आवाज सरकारले कहिले सुन्छ ।’

पटक पटक पुल निर्माणलगायतको विषयमा ध्यानाकर्षण गराउँदा समेत सरकारले चासो नदेखाउँदा अनशनमा बस्न बाध्य भएको सांसद गौतमले जनाएका छन् । ‘हाम्रो बर्दिया बचाऔं,सम्मुनत बर्दिया बनाऔं’ भन्ने अभियानको लागि १५ बुँदे माग राखी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन सांसद गौतम आमरण अनशन तय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय