ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिने
शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित

काठमाडौं, जेठ ५ / सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ। शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै वातावरण प्रतिकुल नहुनेगरी नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिने बताएका हुन।

त्यस्तै निति तथा कार्यक्रममा भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिचाइ प्रविधिमार्फत वर्षैभर सिंचाई सुविधा उपलब्ध गराइने, सिंचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयन गर्दै लगिने र ठूला तथा बहुउद्देश्यीय सिंचाइ आयोजनाको मुल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाइने उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले प्रश्तुत गरेको निति तथा कार्यक्रममा वृहत बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तिब्रता दिइने धादिङको सल्यानटारमा सिंचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अगाडी बढाइने, सिचाइका निम्ति विद्युत आपूर्तिको सहज व्यवस्था मिलाइ विद्युत महशुलमा छुट दिने निति लिइने उल्लेख गरिएको छ । उनले साना किसानहरुलाई सिंचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युवेल वितरण गरिने पनि बताए ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर