नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता : खुलामा खड्का, शर्मा र भेट्रानमा चापागाई, सिग्देलको जोडि प्रथम
आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

बर्दिया, जेठ ७ (फरकसमाचार)/ नगरस्तरिय व्याडमिन्टन प्रतियोगितामा खुलामा शरद खड्का, कृष्ण प्रसार शर्मा र भेट्रानमा कृष्ण चापागाई, निर्मल सिग्देलको जोडि प्रथम भएको छ । खुलामा तीन वटा पोल बनाएर प्रतिस्पर्धा गराएर दूई जोडि फाईनलमा प्रबेश गरेको हो ।

आ–आफनो पोलबाट प्रथम भएका टिम विच प्रथमका लागि प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रथमका लागि शरद, कृष्ण र पवन, कैलाशको जाडी भिडेका थिए । प्रतिस्पर्धात्मक खेल रोमन्चक भएको दर्शकले प्रतिक्रिया दिए । यस्तै भेट्रान तर्फ कृष्ण, निर्मल, यूवराज श्रेष्ठ र कुवरको टोली विच प्रतिस्पर्धा भएको थियो । भेट्रान र खुला दुबै गेममा बेस्ट अफ थ्रि खेलाईएको थियो । कृष्ण र निर्मलको जोडिले दुई सेट र यूवराज र कुवरको टोलीले एक सेट जित्दा खेलमा रोमान्चक बन्न पुग्यो । अन्तत भेट्रान तर्फ कृष्ण र निर्मल जोडि प्रथम भयो ।

नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता गुलरिया स्थित कर्भड हलमा नयाँ निर्मित कारपेटिङ गरिएको कोडमा शनिबार सम्पन्न भएको छ । पक्की र बाहिर कोड खेलिरहेका व्याडमिन्टनका खेल प्रेमिलाई उत्साहित गर्न आयोजना गरिएको नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । कर्भडहलमा नयाँ इन्ट्रिभएका खेलाडीका विचमा खुला र भेट्रान प्रतियोगिता मैत्री पूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको खेलाडी तथा आयोजक अनुपम न्यौपानेले बताए ।

एक सातासम्म जारी व्याडमिन्टन खेलमा १८ टिमको सहभागिता रहेको थियो । जारी प्रतियोगिताको विचमा मैत्रीपूर्ण खेल र खेलाडीले अभ्यासलाई निरन्तरता आयोजकले दिईरहेको छ । फाईनल खेलको एम्पाईरिङ खेलाडी वालकृष्ण ओलीले गरेका थिए । ओली एम्पाईरिङमा दक्ष मानिन्छन् । ओली व्याडमिन्टन संघका अध्यक्ष हुन् । लाइन्स मेनमा ओलीलाई केशब र महेशले साथ दिएका थिए ।

खेलाडी विचको प्रतिस्पर्धाले दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक तथा नगरस्तरिय व्याडमिन्टन संघका संयोजक यूवराज श्रेष्ठले बताए । श्रेष्ठ र गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि मुकुन्द अर्यालले खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए । स्वस्थ्य जिवन शैलि र स्फुर्तिका लागि खेलकुद आवश्यक्ता भएको प्रमुख अतिथि अर्यालले बताए । अनुशाशित, भाईचार र समाजको योगदानका लागि खेलाडी उत्पादनमा राज्यले अझै लगानी बढाउँन सके समृद्ध तर्फ जिल्ला हुदै देश उन्मुख हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय