सांसद गौतमको अनशन स्थगित : सांसद गौतम गले, सरकार झुक्यो
आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

बर्दिया, जेठ ७ / जब्दीघाटको पुलमुनि सांसद संजय कुमार गौतमको जारी आमरण अनशन शनिवार स्थगन गरिएको छ । १५ बुदे माग राखी जारी रहेको सांसद गौतमको अनशन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुश खुवाएर स्थगन गरेका छन् । दिउँस तीन बजेर ४० मिनेटमा सांसद गौतमलाई मन्त्री ज्वालाको नेतृत्वमा बर्दिया पुगेको टोलीले आमरण अनशन स्थगन गरेको हो । १५ बुदे मागको सरकारले सम्बोधन गर्ने सहमतिपछि सांसद गौतमले आमरण अनशन स्थगन गरेका हुन् । सांसद गौतमले दुई वटा निर्वाचन मध्य बर्दिया क्षेत्र नं. १ बाट लगातार दुई पटक चुनाव जित्ने एक्ला नेता हुन् । तत्कालिन एमालेका उपाध्यक्ष बामदेव गौतमको चुनावी क्षेत्रबाट उनले अघिल्लो पटक चुवान जितेका थिए । सांसद गौतम पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाट स्थित भत्किएको पुलमाथी आमरण अनशन बसेका थिए ।

आठौ दिनमा सांसद गौतमले अनशन स्थगन गरेका छन् । अनशन स्थगन गराउनका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, रामहरि खतिवडा, दिपक गिरी, राजन केसी, जुबेदा खातुन, सरिता सिजालीलगायत ६ जना सांसद जब्दी घाटको स्थित भत्केका पुलमा पुगेका थिए । उद्घाटन नहँुदै जब्दीघाट पुल भत्किएको हो । भत्किएको पुल निर्माण नहँुदा बर्खामा बाध बन्ने जोखिम बढेको थियो । यो बर्दियाको लागि प्रतिनिधि घटना मात्र हो । बाँके र कैलालीको ओझेलमा परेको बर्दिया जिल्ला भएका कारण थुप्रै विकास निर्माणका काम अपूरो रहिरहेको थियो । जिल्लामा विकास नहुनुमा मूख्य कारण तीन देखिएका छन् । जिल्लामा नेपाल र भारतको चल्ती नाका नहुनु, तेलपानी सडक नखुल्दा कर्णाली प्रदेश सम्बन्ध बिच्छेद हुनु र विकासलागि मेरुदण्ड मानिएका सडक संजाल नजोडिनु दुर्भाग्य भएको जिल्लाबासीको गुनासो हो ।

माननिय गौतमको दोस्रो कार्यकालको समय घर्किदै जादा समेत ति विकास एजेन्डा ओझेलमा परिरहेकाले सांसद गौतमले उठाएको आवाजलाई सरकार पक्षले वेवास्ता गरिरहेको थियो । संसदमा पटक पटक विकास निर्माणका बारेमा बोल्ने एक्ला नेताका रुपमा देखिएपनि उनका मागमा सम्बोधन नहुँदा उनले विकल्पको रुपमा आमरण अनशन रोजेका थिए ।

आठौं दिनसम्म अनशन बस्दा सांसद गौतम गलेका थिए । शारीरिक अवस्था कमजोर हुँदा समेत सलाईन पानी लिन अस्विकार गर्दा सरकारलाई सांसद गौतमको अनशन समस्या उत्पन्न गराएको थियो । अन्तत सरकारका ६ सांसद टोलीले १५ बुदे माग पुरा गर्ने जनाएपछि जुस खाएर सांसद गौतमले अनशन स्थगन गरेका छन् । उनको अनशन समर्थनमा संघ, संस्था, नागरीक समाज र अन्य राजनितिक दल उत्रिएका थिए । सांसद गौतमको माग मात्र नभई जिल्लाबासीले माग भन्दै समर्थन उर्लिदो क्रममा रहेको थियो । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाट स्थित भासिएको पुलमुनि अनशन सुरु गरेका थिए ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो । भत्किएर जिर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिम पुर्ण आवागमन गरिरहेका छन् । तर गत बर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवत जावत ठप्प भएको थियो । बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउदा सरकारको बेवास्ता गरेको संघिय सांसद संजय कुमार गौतमले बताएका थिए । जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भिर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले बताए । जब्दीघाट स्थित भत्केको पुलको स्पाप हटाउँने कार्य भईरहेकोले सांसदको माग सुनुवाई हुनेमा जिल्लाबासी विश्वस्त छन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय