प्रहरीद्वारा अबैध कुखुरा नष्ट
सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

बर्दिया, जेठ ८ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याईएको कुखुरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट प्रहरीले अबैध कुखुरा नियन्त्रणमा लिई आइतबार नष्ट गरेको हो । प्रहरीले ३० वटा ९४ किलोग्राम ब्रोइलर कुखुरा नष्ट गरेको छ । प्रहरीका अनुसार नष्ट गरिएको कुखुराको मुल्य रु ३० हजार ८० बराबरको छ ।

स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा खाल्डो खनि अबैध कुखुरा पुरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर