बर्दिया, जेठ ८ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याईएको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थितबाट प्रहरीले बेवारिसे अवस्थामा अबैध सामान बरामद गरेको हो । सडक बाटोको छेउमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले अबैध सामान फेला पारेको छ ।
प्रहरीका अनुसार मुल्य रु ५० हजार १ सय ३० बराबरको अबैध सामान बरामद भएको छ । धानको बिउ, डिउ र सुर्तीलगायत अन्य सामान बरामद भएको छ । उक्त सामान भारतबाट ल्याई राखेको प्रहरीको अनुमान छ ।
बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको ईलाका प्रहरी कार्यालय मैनापोखरले आइतबार जनाएको हो ।