जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ
मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

बर्दिया, जेठ ९ (फरकसमाचार) / जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–६ तुल्सिपुरका २४ वर्षिय बिनोद परियार र २० वर्षिय नमराज परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

दुवै जनाले १८ वर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । दुवै जनाले किशोरीलाई ललाई फकाई घुम्न जाने प्रलोभन देखाई आइतबार जबरजस्ती करणी गरेका हुन् । घुम्न जाने प्रलोभन देखाई जबरजस्ती मोटरसाईकलमा राखी ठाकुरबाबा नगरपालिका–७ बठनपुर स्थित मध्यवर्ति सामुदायिक वनमा लगेर दुवै जनाले जबरजस्ती करणी गरी फरार भएका थिए ।

जबरजस्ती करणी गरी दुई जना फरार भएको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय बगनाहबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खोजतलासको लागि प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले राति १ बजे गाउँमा हिडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा संलग्न रहेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय