मलाई बाच्ने रहर छ
बुधबार, जेठ १०, २०८० मा प्रकाशित

 

 

बर्दिया, जेठ १० (फरकसमाचार) / मधुवन नगरपालिका–१ डल्ला गाउँका १८ वर्षिय कस्तुब खड्का आर्थिक अभावले यति बेला घरकै बेडमा बस्न बाध्य छन् । भर्खर कलिलो उमेरमा उनलाई क्यान्सर रोगले बेडमा ढल्न बाध्य बनाएको छ । उनलाई बाँच्न रहर छ ।

उनी बिगत पाँच महिना देखि क्यान्सर रोगबाट ग्रसित छन् । भएभरको सम्पत्ति मासेर खड्काको उपचारमा खर्च गरेको उनकी आमा प्रतिमा खड्काले बताईन् । ‘अब हामी रित्तो हात भएका छौं’ उनले भनिन्,‘बाबुलाई बचाउन सहयोगको याचना गर्दै भौतारिएका छौं ।’

छोरालाई बचाउन मनकारीहरुसंग आर्थिक सहयोगको अपिल गरेकि छन् । ‘सबैले सक्दो सहयोग गरे मेरो छोरा बाच्छ’ उनले भनिन्,‘सबै मनकारीहातले मेरो छोरा बचाउन सघाउन बिनम्र अनुरोध छ ।’ क्यान्सर रोगबाट पिडित खड्का आफुलाई बचाईदिन बेडबाटै गुहार मागिरहेका छन् । ‘म बाच्न चाहन्छु, कृपया मलाई सबैले सहयोग गरी बचाईदिनुहोस् भन्दै सहयोगको अपिल गरिरहेका छन् ।’ धन सम्पत्तिले भ्याएसम्म खड्काको उपचार भएको छ ।

अब खड्काको उपचारको लागि उनको परिवारसंग आर्थिक अभाव छ । जसले गर्दा पिडित खड्का यति बेला घरमा थलो पर्न बाध्य भएका छन् । सबै मनकारीहातले सघाए उनको उपचार सम्भव छ । यस पवित्र कार्यमा जुटि खड्कालाई बचाउन सबैले सहयोग गर्न बिनम्र अनुरोध छ । सहयोग गर्ने मनकारीहरुले पिडित युवाको आमा प्रतिमा खड्काको नेपाल बैंकको खाता नंम्बर २७७०११०७१२३६२३०००००१ वा इसेवा नंम्बर ९८६००९०००६ मा जम्मा गरेर सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर