प्रधानमन्त्रीलाई बर्दियाबाट भ्रष्टाचार बिरुद्ध ज्ञापनपत्र
बुधबार, जेठ १०, २०८० मा प्रकाशित

बर्दिया,जेठ १० (फरकसमाचार) / बागेश्वरी असल शासन क्लब बास नेपाल बर्दिया शाखाले भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार बास नेपाल बर्दिया शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई विभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाएको हो ।

बास नेपालका केन्द्रिय महासचिव खुमेश सुबेदीका अनुसार भ्रष्टाचार बिरुद्ध प्रभावकारी पहलकदमिका लागि नागरिक समाजको तर्फबाट बिभिन्न १० बुँदे माग राखेर ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्रमा भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्धनमा जोड दिन माग गरिएको छ भने भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरिनुपर्ने र राजनितिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्थाको माग गरिएको छ ।

त्यसैगरी सरकारको काम कारबाहीको सार्वजनिक सूचना प्रवाह, काममा पारदर्शिता कायम गर्न, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचार विरुद्धको अभियानमा अन्र्तराष्ट्रिय सहयोग अभिवृद्धि गरिनु पर्ने, नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्याव्यन गरिनुपर्ने माग राखिएको केन्दिय महासचिव सुबेदीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गरिनु पर्ने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरिनुपर्ने, राष्ट्रिय सर्तकता केन्द्र र हेलो सरकारलाई प्रभावकारी बनाईनुपर्ने माग ज्ञापनपत्रमा राखिएको छ । ज्ञापनपत्र बुझुदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बासले उठान गरेका सवालहरु समय सान्दर्भिक र महत्वपुर्ण रहेकोले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

उक्त कार्यक्रममा बासका मधेश प्रदेश प्रमुख ईश्वर विक, पूर्व केन्द्रिय सदस्य एवं गुलरिया नगरकार्यपालिका सदस्य नैन सुनारलगायत बास बर्दिया शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भ्रष्टाचार बिरुद्ध बासले देशव्यापी कार्यक्रम अन्र्तगत बुधबार बर्दियाबाट ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचार सामाजिक अपराध भएकोले यसलाई निर्मूल गर्न सरकालाई सचेत गराउनको लागि ज्ञापनपत्र बुझाईएको बासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर