फोहरले अस्तब्यस्त बन्दै बढैयातालका बजार
आइतबार, जेठ १४, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, जेठ १४/ बढैयाताल गाउँपालिकाले बिगत एक महिना देखि बजारको फोहर नउठाउँदा फोहरले बजार अस्तव्यस्त बन्दै गएको छ । बढैयाताल गाउँपालिकाले बिगत चार बर्ष देखि बढैयाताल गाउँपालिकाका बजारहरुको फोहर ब्यबस्थापन गर्दै आईरहेको थियो । तर बिगत एक महिना देखि यस क्षेत्रको फोहर गाउँपालिकाले नउठाउँदा बजारमा फोहर यत्रतत्र छरिएर रहेका छन् । फोहरका कारण बजार दुर्गन्धित हुन थालेको छ ।

फोहरका कारण सरुवा रोगहरु फैलिन सक्ने जोखिम रहेको बढैयाताल स्वास्थ शाखाका प्रमुख बिष्णु पौडेलले बताएका छन् । फोहर नउठेपछि जम्मा भएको फोहर जलाउने प्रबृत्तिका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परेको जानकारहरुले सुझाएका छन् । यस बिषयमा बढैयाताल गाउँपालिका प्रमुखसंग कुरा राख्दा आफुले यस बिषयलाई गम्भीरतापूर्वक लिएको र अबका केही दिनमा यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिगत देखि फोहर फालिएको ठाउँमा स्थानिय बासिन्दाहरुले फोहर फाल्न नदिएको कारण समस्या आएको छ ।

यस बिषयमा सरोकारवाला निकायसंग बसेर छलफल गरि छिट्टै समस्या समाधान गर्ने गरि समितिसमेत गठन गरिएको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठिले जानकारी दिए । गाउँपालिकाले छिटो भन्दा छिटो फोहर उठाउने तर्फ चासो नदिएको स्थानीयको भनाई छ । यदि छिटो भन्दा छिटो फोहर उठेन भने गाउँपालिकाको गेटमा लगेर फोहर फाल्ने स्थानीय बजार बासीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय