प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण
आइतबार, जेठ १४, २०८० मा प्रकाशित

बर्दिया, जेठ १४ / नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले ३२औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुट वितरण गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा शनिबार बर्दिया अस्पतालमा उपचाररत बिरामीलाई फलफुल वितरण गरि मनाईएको हो । त्यसैगरी देशभर विभिन्न कार्यक्रमसहित नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस मनाईएको छ । दिवसको अवसरमा संस्थाको समाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरि ३२औं स्थापना दिवस मनाइएको अध्यक्ष दीपकलाल श्रेष्ठले बताए । बर्दिया अस्पताल गुलरियामा उपचाररत रहेका ५० जना विरामीलाई फलफूल बितरण गरिएको अध्यक्ष श्रेष्ठले जनाए ।

कार्यक्रम पश्चात प्रतिक्रिया दिंदै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य भेषराज पौडेलले नेपाल प्रेस युनियन बर्दिया शाखाले अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको कार्यको प्रशांसा गर्दै अगामी दिनमा समेत रचनात्मक कार्य गर्न सुझाव दिए । नेपाल प्रेस युनियन बर्दिया शाखाले आफनो स्थापना दिवससहित अन्य दिवस वा अवसरमा पत्रकारलाई समाज प्रति उत्तरदायि बनाउँदै थप रचनात्मक कार्यक्रम गर्ने प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष दिपकलाल श्रेष्ठले सुनाए । पत्रकारहरुले वितरण गरेको फलफूल पाएपछि बर्दिया अस्पतालमा भर्ना भएका बिरामीले खुसी हुँदै धन्यवाद समेत दिएका थिए ।

उक्त फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य भेषराज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादब प्रसाद आचार्य, बर्दिया जिल्ला अस्पतालका सर्जन डा. बिजय उपाध्याय सहित नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय