बर्दिया अस्पतालमा चरम लापरवाही : अस्पतालको ल्याबले दिने गलत रिपोर्ट, बिरामीलाई खर्च र दुःख दुबै साझा समस्या
आइतबार, जेठ १४, २०८० मा प्रकाशित

बर्दिया, १४ (फरकसमाचार) / बर्दिया अस्पतालमा आधुनिक ल्याब भएको बजारमा हल्ला छ । चिकित्सकले दाबी गर्छन्–‘ल्याबको रिपोर्ट हाते हुदैन, मेशिनले दिने रिपोर्ट एकुरेट दिन्छ ।’ तर,त्यहाँ सोर्सफोर्समा भर्ना गरेका कर्मचारीको लापरबाही यस्तो छ पिडित बिरामी झन पिडित बन्न बाध्य छन् । उपचारका लागि भर्ना भएको विरामीले पटक पटक गएर निजी ल्याबमा जाँच गराउँनको विकल्प छैन । ईमरजेन्शी वार्डमा भर्ना भएका विरामी र प्रस्तुतिका लागि अस्पतालमा पुग्ने विरामीका भिजिटर अस्पतालले दिने गलत रिपोर्टका भुक्तभोगी हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको समेत मनोमानी छ । बिरामीसँग गर्ने बोली व्यबहार रुखो छ । बिरामीको उपचारको लागि खटिने नर्सको आंतक सहन परेको गुनासो छ । त,तलाई जस्तो शब्द चयन नर्सले गर्ने गरेको गुनासो व्याप्त छ । यस्ता मनोमानी रोक्न अस्पताल प्रशासन कमजोर देखिन्छ । बर्दिया अस्पतालमा अधिकांश करार र ज्यालादारीमा काम गर्ने स्वास्थ्यकर्मी दलका सिफारिसमा भर्ना गरिएको छ । नेताले भर्ना गरेका स्वास्थ्यकर्मीका कारण जागिर खान नसक्ने घमण्डले कर्मचारीको उन्मात बढ्दो छ । त्यस्ता कर्मचारीको सुद्धिकरण माग सर्वसाधारणको छ ।

राती भरि डिउटी गर्ने नाममा बिरामीलाई थर्काउने र धम्काउँने केहि नर्सको नाम अग्रपंक्तिमा छ । तर,विरामीको उपचारको लागि उपचार कर्तव्य हो भनेर खटिने नर्सको नाम बिरामीको मुख झुन्डिएको छ । बिरामीलाई सकारात्मक व्यबहार गर्नेमा प्रस्तुति वार्डकि प्रमुख कुमारी पूजा बडवाल, धर्मा बिक र झरना शर्माले भने बिरामीको वाहवाही पाउँने मध्यमा पर्छन् । ‘फोहोरो तलाउँमा कमलको फुल पनि उम्रिन्छ’ तलाउँलाई उदृत गर्दै एक बिरामी भन्छन् ‘उहाँहरुको व्यबहार र अरुको व्यबहारमा आकाश जमिनको फरक छ ।’ उनका अनुसार नाम नखोलेर सबै भन्दा बढि एउटा नर्सको बदमासीको सीमा नै रहेको भन्दै दुःख व्यक्त गरे ।

गुलरिया नगरपालिका–८ की नाम परिवर्तन समिरा चौधरी अस्पतालमा दुःख पाउँने प्रतिनिधि पात्र हुन् । बैशाख २० गते अस्पतालको प्रस्तुती वार्डमा भर्ना भएकि चौधरीले अस्पतालले दिने भन्दा असुलि गर्ने परिपाटी हाबी भएको सुनाईन् । यसरी अस्पतालको प्रयोगशालाले किड्नी सम्बन्धि जाँच गरेर दिएको रिपोर्ट गलत रहेको अस्पतालकै चिकित्सकले प्रमाणित गर्नु दुखद कुरा हो । अस्पतालको प्रयोगशालाले गलत रिपोर्ट दिने गरेको व्यापक जनगुनासो छ । प्रयोगशालामा गरिने चरम लापरवाहीले गर्दा सेवाग्राहीले दोहोरो खर्च व्यहोर्नु पर्ने बाध्यता छ ।

अस्पतालको प्रयोगशालाले थाइराइडको रिपोर्ट दिने दिनमा बोलाएर नदिएको अमृता क्षेत्रीले बताईन् । ‘अस्तिनै ब्लड दिएर गएको थिए’क्षेत्रीले भनिन्,‘आज रिपोर्ट लिन आउनु भनेर आए ।’ उनी तीन दिन पछि रिपोर्ट लिन अस्पताल पुगेकि थिईन् । उनी जस्तै अरु सेवाग्राहीले भनेको दिनमा रिपोर्ट नपाउँदा गुनासो गर्न प्रशासनमा पुग्ने धेरै छन् ।

अस्पतालले बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने जनाएपनि अस्पतालको हाताभित्र नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाद्वारा संचालित लारी रक्त संकलन तथा भण्डारण केन्द्रका कर्मचारीले प्रत्येक केशबाट मनपरी रकम उठाईरहेका छन् । सय र दुई सय असुल गर्ने एउटा केन्द्र बनेको छ रक्त संकलन तथा भण्डारण केन्द बिरामीको भिजिटरले भने ।

प्रयोगशालाको गलत रिपोर्टको बारेमा संवाददाताले जानकारी लिदाँ मौसमको कारण, मेसिन सफा नगर्दा र रगत तान्ने तरिका नमिल्दा कहिले काही रिपोर्ट तलमाथि हुने गरेको अस्पतालका बरिष्ठ मेसु सुभाष पाण्डेयले बताए । अस्पतालको प्रयोगशालामा भएको मेसिन बाहिरको भन्दा क्वाल्टी योग्य रहेको दाबी गरे । ‘मेसिनले प्रोसेस मात्र गर्ने हो’ बरिष्ठ मेसु पाण्डेयले भने,‘रगत तान्ने, परीक्षण गर्न राख्ने, रिपोर्ट मुल्याङकन गर्ने र रिपोर्ट तयार गर्न कम्प्युटरमा टाईप गर्ने काम कर्मचारीले गर्छन् ।’ कही लापरवाही हुँदा रिपोर्टमा फरक पर्न जाने जनाए । कसैलाई रिपोर्ट गलत भएको शंका लागेमा निशुल्क जाँच गर्न सकिने बरिष्ठ मेसु पाण्डेयले जनाए । लुम्बिनी प्रदेशमा लगातार दुई पटक उत्कृष्ट घोषणा भईसकेको बर्दिया अस्पतालको चरम लापरबाहीले बिरामीलाई सास्ती खेप्न परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय