शिक्षकहरुलाई ५ दिने बृहत यौनिकता शिक्षा तालिम
सोमबार, जेठ १५, २०८० मा प्रकाशित

कृष्ण प्रसाद भुसाल

बर्दिया, जेठ १५ / शिक्षकहरुलाई ५ दिने बृहत यौनिकता शिक्षा तालिम दिईएको छ । मधुवन, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका १२ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई ५ दिने बृहत यौनिकता शिक्षा तालिम दिईएको हो । गेरुवा ग्रामिण जागरण संघ र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा केओआइसिएको आर्थिक सहयोगमा संचालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाद्वारा शिक्षकहरुलाई तालिम दिइएको छ । यौनिकता शिक्षा तालिम आइतबार सफलता पुर्वक सम्पन्न भएको छ ।

यस तालिमले शिक्षकहरुलाई बालबालिका तथा किशोर किशोरीहरूको शैक्षिक विकास कामका साथै उनीहरूको सुरक्षित तथा बृहत् यौनिकताको बारेमा पनि छलफल चलाउन सहज हुने विश्वास गरिएको छ । यौनिकताको बारेमा हाम्रो समाजमा सकारात्मक धारणा छैन । त्यसैले अभिभावकहरू पनि आफ्ना छोराछोरीको यौनिकताको सम्बन्धमा संवेदनशील हुन जरुरी छ ।

किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान, सिप तथा व्यवहार परिर्वतन गर्नका लागि शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिईएको किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाका कार्यक्रम संयोजक सुरज अर्यालले बताए । तीन पालिकाका १२ वटा विद्यालयका २० जना शिक्षकहरुलाई तालिम दिईएको संयोजक अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर