रेशम चौधरी रिहा भएपछि समर्थकहरु भन्छन् : भूमिपुत्रको जित भयो
सोमबार, जेठ १५, २०८० मा प्रकाशित

काठमाडौं, जेठ १५ / कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरुसँग भेट गरेका छन्। माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो।

स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुगेका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए। उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए। उनले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।

उनले भने, ‘टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ। उहाँ घटनास्थलमा हुनुहुँदैन थियो। उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टिकापुर घटनाका दोषीहरु समातिएका छैनन्। अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाईका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ। उहाँ निर्दोष हुनुहुन्छ।’

सर्मर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय