स्थानीय सरकार र परिर्वतनका संवाहक बिच संवाद
सोमबार, जेठ १५, २०८० मा प्रकाशित

बर्दिया, जेठ १५ (फरकसमाचार) / मधुवन नगरपालिकाका अभिभावक र परिर्वतनका संवाहक(सिओसि) बिच संवाद कार्यक्रम भएको छ । मधुवन नगरपालिका अन्र्तगतका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थी (परिर्वतनका संवाहक) र स्थानीय सरकार बिच आइतबार संवाद कार्यक्रम भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग र बिग्रुपको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा संचालित बाल विवाह न्युनिकरण परियोजनाले स्थानीय सरकार र परिर्वतनका संवाहकहरु बिच संवाद कार्यक्रम गराएको हो ।

संवाद कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
संवाद कार्यक्रममा परिर्वतनका संवाहकहरुले मधुवन नगरपालिका र वडाले दिने सेवा सुविधा, बजेट र महिला तथा बालबालिकाको लागि के कस्ता कार्यक्रम तथा रणनीति रहेको सवाल गरेका बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर गंगा गुरुङ्गले बताईन् । भाईबहिनीहरुले गरेको सवालको मधुवन नगरपालिकाका अभिभावक तथा शाखा प्रमुखहरुले आ–आफ्नो विषयको जवाफ दिएको सुपरभाईजर गुरुङ्गले जानकारी दिईन् ।

प्रत्यक्ष सवाल जवाफ कार्यक्रमले विद्यार्थी भाईबहिनीहरु स्थानीय सरकारको सेवा सुविधा तथा कार्यक्रमको बारेमा जानकार हुने विश्वास गरिएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् । ‘त्यति मात्र नभई स्थानीय सरकारसंग प्रत्यक्ष सवाल जवाफ कार्यक्रमले भाईबहिनीहरुको बोल्ने विकास हुन्छ’ सुपरभाइजर चौधरीले भनिन्,‘विद्यार्थी भाईबहिनीहरुले स्थानीय सरकारको नीति तथा कार्यक्रमको बारेमा जानकार भई समाजमा सचेतना फैलाउन सक्छन् ।’

पालिकाको अभिभावकहरुले भाईबहिनीहरुको जिज्ञासाको सम्बोधन गर्दै सल्लाह सुझावसमेत दिएका छन् । विद्यालयमा के कस्ता समस्या छन् पालिकाका अभिभावकहरुले विद्यार्थी भाईबहिनीहरुसंग जानकारीसमेत लिएको सुपरभाइजर चौधरीले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय