बर्दियामा १४ जना कैदीहरुको सजाय माफी
मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, जेठ १६ (फरकसमाचार) / गणतन्त्र दिवसको अवसरमा १४ जना कैदीहरुको कैद सजाय माफी भएको छ । १३ पुरुष र १ महिला गरी १४ जना कैदीहरुको कैद सजाय माफी भएको हो ।

कारागारमा कैद सजाय भोगिरहेका १४ जना कैदीहरुको कैद सजाय माफी भएको कारागार कार्यालय गुलरियाका जेलर सन्तोष विकले बताए । ‘असल अचारण, अनुशासीत र इमानदारीको आधारमा सिफारिस गरिएका १४ जना कैदीहरुको कैद सजाय माफी भएको छ’ जेलर विकले भने,‘चोरी, सवारी ज्यान र कर्तव्य ज्यान गरी तीन वटा मुद्दामा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको मात्र सजाय माफी भएको छ ।’

गणतन्त्र दिवसको अवसरमा देशभरि ५ सय १ जना कैदीहरुको सजाय माफी भएको छ । राष्ट्रपतिबाट १९ जना कैदीले आममाफी पाएका छन् भने कैद कट्टाबाट ४ सय ८२ जना कैदीहरुको कैद सजाय माफी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय